Ad Banner

राष्ट्रपति पौडेल फेरि विरामी, हृदय केन्द्रमा उपचार हुँदै

साझा कथा । केहि समयअघि भारतमा उपचार गराएर फर्किएका राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्यमा फेरि समस्या देखा परेको छ । मुटुमा समस्या देखिएपछि उनलाई बाँसबारीस्थित सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा भर्ना गरेर उपचार सुरु गरिएको छ ।

स्रोतका अनुसार उनलाई मंगलबार बिहान ११ बजे भर्ना गरिएको हो । अहिले उनलाई अस्पतालको भीआईपीतर्फ ६ नम्बर क्याबिनको २५४ नम्बर बेडमा राखिएको छ ।

राष्ट्रपति पौडेलका प्रेस सल्लाहकार किरण पोखरेलले सामान्य स्वास्थ्य जाँच मात्रै भएको जानकारी दिए । तर अस्पताल प्रशासनले भने राष्ट्रपतिको समस्या र उपचारको विषयमा केहि बताएको छैन ।

राष्ट्रप्रमुख अस्पताल भर्ना हुँदा सम्बन्धित अस्पतालले सार्वजनिक जानकारी दिनुपर्ने मान्यता छ ।

यो पढ्नु भयो ?