साझा कथा । जेठ महिनामै शेयर मार्केटमा तीव्र गिरावट आउँदा कुनै दिन ८० करोडसम्म मात्रैको कारोबार भएको थियो । तर अहिले बजारमा ५ अर्ब माथिको कारोबार हुन थालेको छ । बुधबार सेयर बजारको परिसूचक नेप्से १६.४ अंक बढेर २०३७.०६ अंकमा पुगेको छ । पहिले बजारमा सामान्य उतारचढाव भइरहेको हुनथ्यो भने आज बजारमा तीव्र रुपमा माथि आएको थियो ।
२०२० अंकबाट खुलेको सेयर बजार दिउँसो १ः३५ बजे २०६६ अंकसम्म पुगेको थियो । तर बजारमा बिक्रीकर्ताको चाप बढ्न थालेपछि २ः५० बजे २०१६ अंकसम्म झरेको थियो । झरेको १० मिनेटमै फेरि बढेर २०३७ अंकमा कायम भएको थियो । तीव्र उतारचढाव हुँदा कुल ५ अर्ब १ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।
१२६ कम्पनीको मूल्य बढ्दा ९१ कम्पनीको घट्यो भने ६ कम्पनीको भने स्थिर रहृयो । बैंकिङ १५, जलविद्युत् १२, जीवन बीमा १६४, उत्पादन ३४, माइक्रोफाइनान्स ६५ र अन्य उपसमूह ३२ अंकले बढ्दा विकास बैंक ३६, फाइनान्स १५, होटल तथा पर्यटन ४३, निर्जीवन बीमा ६७ र ब्यापार उपसमूहमा २० अंकको गिरावट आयो ।