साझा कथा । आईसीसी एक दिवसीय विश्वकप क्रिकेट छनौटको सुरुवाति खेलमा नेपालले जिम्बावेलाई रनको लक्ष्य दिएको छ । टस हारेर व्याटिङको निम्तो पाएको नेपालले ५० ओभर खेल्दै ८ विकेटको क्षतिमा २९० रन बनाएको हो । नेपालको लागि कुशल भुर्तेलले सर्वाधिक ९९ रन बनाए । कप्तान रोहित पौडेलले २९ बलमा ३१ रन जोडे । उत्कृष्ट व्याटिङ गर्ने कुशल मल्ल ४१ रनमै समेटिए ।
विश्वकप क्रिकेट छनौटमा नेपालले अहिलेसम्मकै विशाल साझेदारी बनाएको छ । यसअघि नेपालको सबैभन्दा ठूलो साझेदारी १३९ रनको थियो । आज भएको खेलमा जिम्बावेविरुद्ध कुशल भुर्तेल र आसिफ शेखले नयाँ रेकर्ड बनाएका हुन् ।
दुई ओपनरले कीर्तिमानी साझेदारी बनाउन ३१.५ ओभर खेल्दा १७१ रन बनाए । ओपनर भुर्तेलले ९५ बलमा ९९ रन बनाएर आउट हुुँदा नेपालले १७१ रन बनाएको थियो । यस्तै आसिफले ९६ बलमा ६५ रन बनाएका थिए । भुर्तेल विश्वकप छनोटमा शतक बनाउन १ रनले चुके । भुर्तेल आउट भएसँगै आसिफ पनि ६६ रन बनाए आउट भए । यसअघि नामिबियाविरुद्ध ज्ञानेन्द्र मल्ल र आसिफ शेखले सबैभन्दा बढी १३९ को साझेदारी खेलेका थिए ।