Ad Banner

नेपालमा १४ अर्ब ठगेर भारतका सांसदको घरमा लुकेका थिए केदारनाथ

साझा कथा । वित्तीय सहकारी संस्थाहरु टाट पल्टिने र त्यसका संचालकहरुको भागाभाग भइरहेको घटना सार्वजनिक भइरहेका छन् । यसैक्रममा निक्षेपकर्ताको १४ अर्ब रुपैयाँभन्दा बढी गठेर भागेका शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष केदारनाथ शर्मा पक्राउ परेका छन् । नेपाल प्रहरीको सीआईबीको टोलीले भारतको मुम्बईबाट शर्मालाई पक्राउ गरेको हो ।

मुम्बईस्थित एक विधायक (सांसद) को घरमा लुकेर बसेको अवस्थामा उनलाई प्रहरीले पक्राउ गरेर हो । २०७७ सालमा भक्तपुरको शिव शिखर कृषि सहकारी र शिखर दीप बहुउद्देश्यीय सहकारी मर्ज भएर शिव शिखर बहुउद्देश्यीय सहकारी संस्था बनेको थियो । उनैले मोरङमा तुलसी सहकारी संस्था पनि खोलेका थिए । तर संस्था संकटमा परेपछि अध्यक्ष शर्मा फरार भएका थिए ।

केदारनाथ शर्माले भारतमा पनि संस्था खोलेको पाइएको छ । प्रहरी स्रोतका अनुसार उनले भारतमा श्रीमती गीताको नाममा शिखर अर्गनाइजेसन नामको संस्था खोलेको पाइएको हो । उनकी श्रीमती गितालाई प्रहरीले यसअघि नै पक्राउ गरिसकेको थियो ।

यो पढ्नु भयो ?