साझा कथा । चुनावी गठबन्धन भत्किएर एमालेको नेतृत्वमा नयाँ गठबन्धन भएपछि झण्डै सत्ताविमुख भएको नेकपा एमालेले केन्द्रमा समामुख र प्रदेशहरुमा मुख्यमन्त्री पाएको थियो । तर राष्ट्रपतिको चुनावसम्म आउँदा समीकरण फेरबदल भयो । रास्ट्रपति चुनावसगै चुनावी गठबन्धन व्युँतिएपछि एमालेले पुर्व सहमति अनुसारको राष्ट्रपति मात्रै गुमाएन, केन्द्र सरकार छाड्नु पर्यो । पालैपालो प्रदेश सरकारहरु पनि गुमाएको एमालेले बाँकी रहेको कोशी सरकारको नेतृत्व पनि गुमाएको छ ।
१७४ दिन प्रदेश सरकार सम्हालेका मुख्यमन्त्री हिक्मत कार्कीले शुक्रबार प्रदेश सभामा मागेको विश्वासको मतको पक्षमा अल्पमत देखिएपछि उनको सरकार ढलेको हो । एमाले नेता कार्की पुस २४ मा मुख्यमन्त्री नियुक्त भएर पुस २५ मा सपथ लिएका थिए । जेठ १७ मा १ सिट रहेको जसपाले र जेठ २३ मा १३ सिट रहेको माओवादीले साथ छाडेपछि मुख्यमन्त्री कार्की अल्पमतमा परेका थिए । कोशी प्रदेशमा एमालेको ४० सिट छ । राप्रपाको ६ सिट छ । कार्कीले जम्मा ४६ मत प्राप्त गरे जुन ९३ सदस्यीय प्रदेश सभाको अल्पमत हो । कार्की १ मत नपुगेर सत्ताबाट बहिगर्मन हुनुपरेको छ । तटस्थ रहेको जसपाकी एक्ली सासद निर्मला लिम्बू अनुपस्थित थिइन् ।
कार्की नेतृत्वको सरकार ढलेपछि नयाँ सरकार गठनको कसरत सुरु भएको छ । माओवादीले कोशीमा आफुले नेतृत्व गर्न पाउनुपर्ने माग राखेको छ भने काँग्रेसले असहमति राखेको छ । काँग्रेस, माओवादी, एकीकृत समाजवादी र जनता समाजवादी मिल्दा बहुमत त पुग्छ तर नेतृत्वको विषयले त्यहाँ सरकार गठन हुन समय लाग्ने देखिन्छ । नयाँ बन्ने सरकारमा राप्रपा पनि सहभागी हुने बताइएको छ तर राप्रपाले अहिलेसम्म मुख खोलेको छैन ।