Ad Banner

नुवाकोटको गंगराफाँटमा रोपाइँको रौनक (फोटो कथा)

साझा कथा । आज असार १५, राष्ट्रिय धान दिवस । मानो रोपेर मुरी फलाउने दिनको रुपमा लिइने यो दिनमा देशका विभिन्न भागमा रोपाइँ उत्सवहरु भएका छन् । ‘जलवायु अनुकूलित कृषकमैत्री प्रविधि, धान उत्पादन वृद्धि’ मूल नाराका साथ आज देशैभर २० औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाइएको छ ।

यसै क्रममा नुवाकोटको बेलकोटीगढी नगरपालिका-१३, गंगराफाँटमा पनि रोपाइँ महोत्सवको आयोजना गरिएको छ । रोपाइँ महोत्सवमा सहभागीहरुले रोपाईँ गर्दैै एकअर्कामा हिलो छ्यापाछ्याप गरेर रमाइलो गरे । गाउँ पर्यटन प्रवर्धन मञ्च नेपालले आयोजना गरेको रोपाइँ महोत्सवको रौनक हामी तस्बिरमा  देखाउँदैछौँ ।
तस्बिरः खम्म ठकुल्ला/प्रकाश गोपाली(साझा कथा)

 

यो पढ्नु भयो ?