साझा कथा । बहुचर्चित ललिता निवास काण्डमा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पनि हात हालेका छन् । काठमाडौँ महानगरले ललिता निवास परिसरभित्र बनेका संरचना हटाउन २४ घन्टे मौखिक अल्टिमेटम दिएको हो । महानगर प्रहरीका अनुसार ललितानिवासले चर्चेको सार्वजनिक जग्गामा बनेका सबै अस्थायी संरचना हटाएर कम्पाउण्डिङ गर्ने तयारी गरेको हो ।
आइतबार महानगर प्रमुख बालेन शाहको निर्देशनमा ललिता निवास पुगेको महानगर प्रहरीले संरचना हटाउन हप्ता दिनको अल्टिमेटम दिएको छ ।
ललितानिवासको जग्गामा हाल करिब २५ वटा साना टहरा बनाएर गोदामघर, पसल आदि सञ्चालनमा रहेका छन् । निवास परिसरभित्र र वरिपरि राष्ट्र बैंकको निर्माणाधीन भवनका सामानसमेत राखिएको छ । अहिले ललितानिवासको जग्गा यकिन गर्ने र पछि तारबार गरिने महानगर प्रहरीले जनाएको छ ।
ललितानिवासको करिब १४३ रोपनी सरकारी जग्गा व्यक्तिको नाममा गरेको अभियोगमा १७५ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा चलिरहेको छ ।