खम्म ठकुल्ला । ‘प्रहरी मेरो साथी’ यो नारा निकै चर्चित छ । तर खास खास क्षणमा ‘प्रहरी मेरो साथी’ होइन, ‘मेरो दुश्मन’ भएको पुष्टि हुन्छ । अक्सर कुनै पनि अपराधिक घटना हुँदा होस् या कोही अप्ठ्यारोमा पर्दा होस्, सबै भन्दा पहिला सम्झिने ठाउँ प्रहरी नै हो । तर मंगलबार राती भएको एक घटनाले प्रहरी संगठनमाथि नै प्रश्न खडा गरेको छ । घटना हो कैलाली जिल्लाको टीकापुर नगरपालिका भित्रको टीकापुर नगरपालिका वडा न.२ बिजय नगरको ।
त्यहाँ दुई युवामाथि धारिलो हतियार प्रहार गरियो । खुकुरी प्रहारबाट टीकापुरबासी युवा प्रकाश खड्का र बम ओली घाइते भए । उनीहरुलाई पाखुरा र ढाडमा खुकुरी र रड प्रहार गरिएको पिडितहरुले बताएका छन् । खुकुरी प्रहार गर्ने चाँहि लामो समयदेखि टीकापुरमा अपराधिक गतिविधिमा संलग्न, नदिजन्य पदार्थ उत्खनन्, हप्ता असुली, गुण्डागर्दीको उपमा पाउँदै आएका नाइके जयन्द्र शाह समुह हो । पीडितहरुका अनुसार शाहसमुहले नै उनीहरुमाथि खुकुरी प्रहार गरेका थिए ।
घटना भइसकेपछि प्रहरी प्रशासनले एक्सन लिनु पर्नेमा झन् उनीहरुकै संरक्षण गर्न थालिएको छ । गुण्डा नाइके जयन्द्र शाहलाई टीकापुर प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक तथा डीएसपी तुलसीराम अर्याल र इन्स्पेक्टर सुरज खड्काले संरक्षण दिँदै आएको पीडितहरुले बताएका छन् । खुकुरी प्रहारबाट गम्भीर घाइते भएका प्रकाश खड्का आफ्नो फेसबुक मार्फत यो घटनाको नालीबेली यसरी प्रष्ट पार्छन् ः
डीएसपी तुलसीराम अर्याल र इन्स्पेक्टर सुरज खड्काको मिलोमतोमा जयन्द्र शाह समुहले खुकुरी प्रहार गरेको छ । सुदूरपश्चिम प्रदेश मुख्यमन्त्री कमल शाह, टीकापुर नगरपालिका उपप्रमुख शाह, नेपाली कांग्रेसका क्षेत्री सभापति शाह, डिएसपी हेम शाही, टीकापुर उद्योग वाणिज्य संघका पुर्व अध्यक्षको संरक्षणमा, टीकापुरको बडुवाल हत्या प्रकरणमा मुछिएका जयन्द्र शाह समुहले अपराधिक गतिविधि गर्दै आएको कुरा टीकापुर नगरवासिलाई जगजाहेर छ ।
राजनीतिक आड र प्रहरी प्रशासनलाई हातमा लिएर जयन्द्र शाहको नेतृत्वमा टीकापुरका निर्माण व्यवसायीलाई धम्काउने टेन्डर बिट गर्न नदिने, मोटो रकममा फिरौती असुली गर्ने, टीकापुर पशु हाटबजार, नदीजन्य पदार्थ ढुङ्गा, वालुवा, गिटी स्रोतमाथि कब्जा गर्दै आएको थियो । उनीहरुको गतिविधिबाट टीकापुर त्रसित भएको थियो । त्यो बेलामा टीकापुर इलाका प्रहरी कार्यलयको प्रमुख डीएसपी हेम शाही थिए । डीएसपी हेम शाहीलाई बारम्बार ध्यानाकर्षण गराउँदा पनि कुनै सुनुवाइ भएन किनभने उनीहरुलाई हेम शाहिको पनि आशिर्वाद थियो ।
उनीहरुले टीकापुर उद्योग वाणिज्य संघको निर्वाचनको दिनमा हजारौंको भिडमा दिनदहाडै प्रहरीको आँखा अगाडि मान्छेलाई कुटपिट गर्दै अपहरण शैलीमा लग्दै गर्दा प्रहरी मुकदर्शक भएर टुलुटुलु हेरि रह्यो, निर्वाचनमा इन्स्पेक्टर सुुरज खड्काले कमान्ड समालेका थिए । उनी पनि त्यही थिए प्रहरीमाथि उनीहरुले आक्रमण गर्दा समात्न छोडेर उनीहरुलाई योजनाबद्ध ढंगले त्यहाँबाट भगाइयो । किनकि डीएसपी हेम शाही र इन्स्पेक्टर सुरज खड्काको त्यो घटना गराउन संलग्नता थियो ।
अब अति भो यसका विरुद्ध बोल्न पर्छ भन्दै म प्रकाश खड्काले अपराधिक गतिविधि शाह समुहविरुद्ध डटेर बोलेँ, लेखेँ प्रतिवाद गरँ । उनीहरुको अपराधिक गतिविधिविरुद्ध बोल्दा डीएसपी हेम शाहीले टीकापुर महोत्सवको बेलामा म माथि दुव्र्यहार गर्दै हातपातको प्रयास गरे, त्यो विवाद पछि हेम शाहिको तीन दिन मै सरुवा भयो । हेम शाहीको सरुवा भएसंगै टीकापुर इलाका प्रहरी कार्यलयको प्रमुखको जिम्मेवारी सम्हाल्दै डीएसपी उद्धव सिंह भाट आउनुभयो ।
मंगलबार भएको घटनाको नालीबेली:
आज (राती मंगलबार) टीकापुर नगरपालिका वडा नम्बर– २ बिजय नगरको स्वास्थ्य चौकी नजिक बम ओली, नवराज ठकुल्ला, १ नम्बर वडाका अध्यक्ष मोहन विक ज्यु व्यक्तिगत कामले त्यहाँ जानुभएको थियो । मलाई बम र नवराजले एकछिन भए पनि आउन आग्रह गरे म त्यहाँ आइपुगे, म आइपुगेको १० मिनेटभित्र हामी त्यहाँबाट घर आउने क्रममा वडा अध्यक्ष मोहन विक, नवराज ठकुल्ला एउटा वाइकमा, बम आफ्नो स्कुटिमा म भन्दा १०० मिटर पर थिए, बम ओलीलाई आक्रमण भएको मैले देखेपछि आत्तिदै बम ओलीलाई बचाउन नजिक पुगे त्यतिकैमा बम त्यहाँ बाट भाग्न सफल भए, ती अपराधीहरु आत्तिएर भाग्ने क्रममा मलाई चल्दै गरेको बाइकबाट खुकुरी प्रहार गरी बेपत्ता थिए ।
त्यस लगत्तै ५०–६० जनाको संख्यामा न्याय माग्न हामी ईलाका प्रहरी कार्यालय पुग्दा इन्स्पेक्टर सुरज खड्काको नेतृत्वमा हामीमाथि यो घटनालाई कम्जोर पार्न योजनाबद्ध ढङ्गबाट दुव्र्यवहार गर्दै बल प्रयोग गरेर दमनको प्रयास भयो । हामीमाथि प्रहरीले गरेको दुव्र्यवहारका थुप्रै प्रमाण छन् यो भिडियो एउटा नमुना मात्र हो ।
ल भन्नुहोस् प्रहरी मेरो साथी भन्ने नाराको अर्थ यहि हो ? खड्का प्रश्न गर्छन् ।
Video Link : https://www.facebook.com/100007557842728/videos/1027257071961939/