Ad Banner

प्रचण्डका औपचारिक कार्यक्रम असार ३० सम्मका लागि स्थगित

साझा कथा । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ४ दिनसम्मका लागि आफ्ना राजनीतिक कार्यक्रम स्थगित गरेका छन् । प्रधानमन्त्री प्रचण्डले सरकारी, राजनीतिक तथा कुटनीतिक छलफल र भेटघाटलाई आउँदो ३० गतेसम्म स्थगित गरेका हुन् ।

पत्नी सीता दाहालको निधनका कारण शोकमा रहेका प्रधानमन्त्री प्रचण्डले श्रद्धाञ्जली र समवेदना दिन बालुवाटार आउनेहरुसँग भेटघाट र कुराकानी गर्ने बाहेक अरु कार्यक्रम स्थगित गरेका हुन् ।

बालुवाटारमा समवेदना दिन आउने राजनीतिक दलका शीर्ष नेताहरू, नेपालस्थित कुटनीतिक नियोगका प्रमुखहरू तथा सरकारी उच्च पदस्थहरूसँग भने उनले छलफल गर्नेछन् ।

समवेदना प्रकट गर्न आउने शुभेच्छुकहरूले असार २९ गतेसम्म बिहान ८ बजेदेखि ११ बजेसम्म र अपराह्न ४ बजेदेखि बेलुका ६ बजेसम्म बालुवाटारमा प्रधानमन्त्री दाहाललाई भेट्न सक्नेछन् ।

प्रधानमन्त्री प्रचण्डकी पत्नी सीताको ६९ वर्षको उमेरमा बुधबार बिहान निधन भएको थियो ।

यो पढ्नु भयो ?