Ad Banner

पुरानो धरोहर, मत्स्यनारायण मन्दिर (फोटो कथा)

साझा कथा । नेपालको राजधानी काठमाडौंको दक्षिण–पश्चिम भागमा रहेको मत्स्यनारायण मन्दिर मत्स्यधाम, मिनकुण्ड, पर्यटन तथा धार्मिक पुरानो धरोहरको रूपमा रहेको छ । चन्द्रागिरि नगरपालिका वडा ९ मच्छेगाउँमा रहेको यस मन्दिरको धार्मिक र पुरातात्विक महत्व उत्तिकै छ । मच्छेगाउँमा हरेक तीन वर्षमा एक महिना सम्म मलमास नामको मेला लाग्ने गर्छ । यो महिनामा देशैभर भगवान विष्णुको पूजा आराधना गरिन्छ । मत्स्यनारायण मन्दिरमा यहि बेला मेला लाग्ने गर्छ ।

मत्स्यनारायण मन्दिरको इतिहास
संसारको सृष्टि गर्ने क्रममा ब्रम्हाजीले सबै खालको प्राणीको सृष्टि गर्ने क्रममा ब्रम्हाकै सृष्टिमध्ये दानव जातिको पनि सृष्टि भएको थियो । तर संसारको सबै सृष्टिलाई नाश गर्न उद्देश्यले हैग्रिप दानवले ब्रम्हाको आँखा छली वेदलाई हरणं गरेर पातल लोक, जहाँ पानी भाग बढी मात्र रहेको छ, त्यहाँ लगी लुकाएर राख्यो । ब्रह्माले त्यसपछि संसारको उद्धारको लागि मत्स्यको रूप धारण गरी हैग्रिप दानवलाई मारेर संसारको सृष्टि नास हुनबाट उद्धार गरेको मत्स्यपुराण र नेपाल महात्म्यमा उल्लेख भएको पाइन्छ ।

अभिलेख अनुसार यसै ठाउँमा सत्य ब्रत राजाले कुवा खनेको प्रमाण भेटिन्छ । त्यो ठाउँ नै हालको देवस्थलको रूपमा मच्छेनारायण मन्दिर कुण्ड अवस्थित छ ।
तस्बिरः प्रकाश गोपाली/साझा कथा

यो पढ्नु भयो ?