Ad Banner

पुलिस रिपोर्टको हैरानी अन्त्य, अनलाइनबाटै तिर्न सकिन्छ पैसा

साझा कथा । विदेश पढ्न जाने र श्रम भिसामा जानेहरुले हैरानी व्यहोर्दै आएको एउटा पक्ष हो, प्रहरी चारित्रिक प्रमाणपत्रको प्रमाणीकरण । अब यसका सास्ती ब्यहोर्नु नपर्ने भएको छ । अब अनलाइनबाटै प्रहरी चारित्रिक प्रमाणपत्र प्रमाणीकरण हुनेछ । सरकारले आइतबारदेखि औपचारिक रुपमा अनलाइनमार्फत चारित्रिक प्रमाणपत्र प्रमाणीकरण गर्ने भएको हो । परराष्ट्रमन्त्री एनपी साउदले अनलाइनमार्फत प्रहरी चारित्रिक प्रमाणपत्र प्रमाणीकरण सेवाको आइतबार एक समारोहका बीच उद्घाटन गर्दैछन् ।

अनलाइनबाटै आवेदन दिने र प्रमाणीकरण हुने भएपछि अध्ययन तथा रोजगारीका लागि विदेश जाने नेपालीले काठमाडौंको त्रिपुरेश्वरस्थित कन्सुलर सेवा विभाग धाउनुपर्ने बाध्यता हट्ने सरकारको भनाई छ । अनलाइनबाटै राजस्व भुक्तानी गर्न सकिने विभागले जनाएको छ ।

चारित्रिक प्रमाणपत्रका लागि सेवाग्राही आफै आउनु पर्दा भीडभाड हुने गरेको छ । अनलाइनमार्फत सेवा प्रवाह भएपछि सेवाग्राही र विभाग दुवैलाई सहज हुने बताइएको छ । सरकारले सेवाग्राहीलाई छिटो र सहज ढंगले सेवा उपलब्ध गराउने नीति लिएपछि यस्तो ब्यवस्था गर्न लागिएको बताइएको छ ।

यो पढ्नु भयो ?