Ad Banner

कमल गाउँलेको २३ औँ गाईजात्रे कोसेली ‘काण्डै काण्डको देश’ सार्बजनिक

साझा कथा । चर्चित हास्य कलाकार कमल गाउँलेले यस वर्षको गाईजात्राको अवसरमा २३ औँ गाईजात्रे कोसेली ‘काण्डै काण्डको देश’ सार्बजनिक गरेका छन्।

गत वर्ष उनले ‘जन्ता हान्न चाहान्छन’ मार्फत राजनीतिक तथा सामाजिक विकृतिमा व्यंग्य प्रहार गरेका थिए । यस वर्ष पनि उनले राजनीतिलाई केन्द्रमा राखेर व्यंग्य प्रहार गरेका छन् । उनले यो वर्षको ‘काण्डै काण्डको देश’ शीर्षकको प्यारोडी गाईजात्रे ल्याएका हुन् । काण्डै काण्डको देश गाईजात्रे कोसेली कलाकार कमल गाउँलेले आफ्नै युटुव च्यानलबाट सार्वजनिक गरेका हुन् ।

यसमा उनले मुलुकमा भएका सुनकाण्ड, नक्कली भुटानी शरणार्थी, वाइडवडी, पशुपति सुन लगायतका चर्चित काण्डहरुलाई आफ्नो गाईजात्रे प्रस्तुतिको विषय बनाएका छन् । उनको गाईजात्रे प्रस्तुतिभित्र ‘गाईजात्रा भो देशमा’ र ‘ठोक्ने हो लौरोले ठ्वागं ठ्वागं’ भन्ने प्यारोडी गीत समावेश गरेका छन् । गाउँलेले २३ वर्षदेखि निरन्तर गाईजात्रे प्रस्तुति निकाल्दै आएका छन् ।

 

यो पढ्नु भयो ?