Ad Banner

कांग्रेसका सहमहामन्त्री यादवमाथि खुकुरी प्रहार

साझा कथा । नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि खुकुरी प्रहार भएको छ । भृकुटीमण्डपस्थित रिपोटर्स क्लबको कार्यक्रमबाट बाहिरिने क्रममा यादवमाथि आक्रमण भएको हो ।

बुधबार दिउँसो भृकुटीमण्डपस्थित रिपोर्टर्स क्लबमा आयोजित साक्षात्कार कार्यक्रममा सहभागी भएका यादवमाथि नुवाकोटका श्यामबाबु सापकोटाले धारिलो हतियार प्रहार गरेको प्रहरीले जनाएको छ ।

खुकुरी प्रहारबाट घाइते यादवको उपचार ट्रमा सेन्टरमा भइरहेको छ । प्रहरीले खुकुरी प्रहार गर्ने युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

 

यो पढ्नु भयो ?