साझा कथा । नेपाल शिक्षक महासंघले राखेका मागमा सरकार लचिलो बन्दै सहमतिका लागि शुक्रबार साँझपख ७ बुँदे सम्झौता गर्यो । सम्झौता भएसँगै शिक्षकहरुले गरेको आन्दोलन हालका लागि स्थगन गरेको छ । देशभरबाट शक्ति प्रदर्शनकै स्वरुपमा महासंघले शिक्षकहरुलाई सडकमा ओरालेको थियो । सडकमा देखिएका तीनै शिक्षकहरुलाई विभिन्न अवश्थामा भेटिए । सामान्यभन्दा अलि फलक लाग्ने केही दृष्यहरुलाई साझा कथाले क्यामेरामा कैद गर्यो र ‘शिक्षक आन्दोलनलाई तेस्रो आँखाले हेर्दा’ शीर्षकमा फोटो कथा प्रस्तुत गरेको छ ।
शिक्षक आन्दोलनलाई तेस्रो आँखाले हेर्दा (फोटो कथा)
