साझा कथा । नेपालमा कुनै पनि कम्पलीले आइपीओ निष्कासन गर्न लाग्यो भने त्यसको लोकप्रियता हत्तै बढ्छ, कम्पनीले निष्कास गर्न लागेको आबेदन भन्दा बढीको आबेदन आउने गर्छ । यसै बिच भारतमा भारतीय बहुराष्ट्रिय व्यापारिक समूह ‘टाटा ग्रुप’ का कम्पनीहरुको प्रवर्द्धक र प्रमुख लगानी होल्डिङ कम्पनी रहेको ‘टाटा सन्स’ ले भारतकै ठूलो आपीओ जारी गर्ने भएको छ ।
भारतको केन्द्रीय बैंक ‘रिजर्भ बैंक अफ इन्डिया (आरबीआई)’ ले टाटा सन्सलाई माथिल्लो तहको गैर बैंकिङ वित्तीय संस्थामा वर्गीकरण गरेपछि आइपीओ जारी गर्नुपर्ने भएको हो । टाटा सन्सले अब सन् २०२५ को सेम्टेम्बरभित्रमा आइपीओ जारी गरिसक्नुपर्ने हुन्छ । आरबीआईले टाटा सन्सलाई १४ सेप्टेम्बर २०२३ मा माथिल्लो तहको गैर बैंकिङ वित्तीय कम्पनीमा वर्गीकरण गरेको हो ।
आइबीआईको नियमावली अनुसार यस्ता कम्पनीहरुले ३ वर्षभित्र आइपीओ जारी गरी सेयर बजारमा सूचीकृत हुनुपर्छ । टाटा सन्सको कुल मूल्यांकन ११० खर्ब भारतीय रुपैयाँ (भारु) गरिएको छ । यसको ५ प्रतिशत सेयर पब्लिकमा जारी गर्ने कम्पनीको तयारी छ । यसआधारमा हेर्ने हो भने टाटा सन्सले ५ खर्ब ५० अर्ब भारु बराबरको आइपीओ जारी गर्नुपर्ने हुन्छ । उक्त रकम बराबरको आइपीओ जारी भएमा टाटा सन्स भारतीय सेयर बजारको इतिहासकै सबैभन्दा ठूलो आइपीओ हुनेछ । हाल लाइफ इन्सुरेन्स कर्पोरेसन (एलआइसी) अफ इन्डिया भारतको सबैभन्दा ठूलो आइपीओको रुपमा रहेको छ । एलआइसी इन्डियाले सन् २०२२ मे महिनामा हालसम्मकै ठूलो २ खर्ब १० अर्ब भारु बराबरको आइपीओ जारी गरेको थियो । टाटा सन्सको आइपीओको आकार एलआइसीको तुलनामा दोब्बर भन्दा ठूलो हुने देखिन्छ । टाटा सन्सले टाटा ग्रपका कम्पनीहरुमा अधिकांश सेयर हिस्सा ओगटेको छ ।