साझा कथा । नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरी नेपाल प्रहरीको सहायक हवल्दारमा बढुवा भएका छन् ।
टी–२० आई क्रिकेटमा ९ बलमा अर्धशतक बनाएर कीर्तिमान बनाएका अलराउन्डर दिपेन्द्र सिंह ऐरी सन् २०१६ देखि नेपाल प्रहरी जवानमा आवद्ध थिए ।
१९औं एसियाली खेलकुद अन्तर्गत मंगोलियाविरुद्धको खेलमा विश्व कीर्तिमान कायम गरेका ऐरीलाई प्रहरीले बिहीबार एक तह बढुवा गर्दै सहायक हवल्दार बनाएको हो ।
ऐरी नेपाल पुलिस क्लबका कप्तान समेत हुन्।