मंगलबार नेप्सेमा १९ अंकको गिरावट

साझा कथा । सेयर बजार ओरालो लाग्ने क्रमले मंगलबार पनि निरन्तरता पाएको छ । सूचकसँगै कारोबार रकम पनि सुस्त बनिरहेको छ । यस दिन नेप्से सूचक १९.०६ विन्दुले घटेर १८८९.५९ अंकमा आएको छ । सबै समूहका सूचक घट्दा १ अर्ब २८ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

बजार निरन्तरजसो घट्दै पुनः १८ सयकै लाइनमा झरेको छ । मंगलबार नेप्सेले १९ सयभन्दा माथिको मनोवैज्ञानिक विन्दुलाई पनि छाडेर तल आएको हो ।

यो पढ्नु भयो ?