Ad Banner

लगातार रक्सी सेवनले मस्तिष्क खुम्चिन सक्छ

साझा कथा । मानिस खुसीमा हुदा होस् वा दुःखमा हुदा होस् जसको तोड हो रक्सी, विशेष गरेर मानिसले आफ्नो कुनै सफलताको खुसी साट्न गरेको रमाइलो होस् या उसले पाएको दुःखलाई भुलाउन होस् उसको पहिलो चोइस नै मदिरा हो । मदिरा सेवनले सबै दुःख कष्ट भुलाइन्छ भन्ने अन्धविश्वास रहदै आएको छ, जसकारणले पनि होला अहिले विश्वमा नै मदिरा सेवन गर्नेको संख्या धेरै छ । यसै बिच अहिले अत्याधिक रक्सी सेवन गर्ने मानिसको मस्तिष्क खुम्चने सक्ने एक नयाँ अध्ययनले देखाएको छ । यदि तपाई पनि रक्सी (मदिरा) सेवन गर्नु हुन्छ भने आजै देखि छोड्नुस है ?

नेशनल इन्स्टिच्युट अन अल्कोहल अब्यूज एन्ड अल्कोहलिजमले गरेको नयाँ अध्ययनअनुसार मदिरा सेवन कम गर्दा वा छाड्दा मस्तिष्कको स्वास्थ्यमा बिस्तारै सुधार आउने देखिएको छ ।

मदिरा सेवनले आफ्नो स्वास्थ्य, सामाजिक जीवन र जागिरमै प्रतिकूल असर पारिरहँदा पनि छाड्न नसक्ने अर्थात् एयूडीग्रस्त मानिसहरूले मदिराको खपत कम गर्दा मस्तिष्कको स्वास्थ्यमा केही भए पनि सुधार आएको अध्ययनमा पाइएको छ ।अध्ययनअनुसार एयूडीग्रस्त मानिसहरूले मदिराको खपत कम गर्दा वा सेवन पूरै बन्द गर्दा थेग्नै नसक्ने गरी खानेको तुलनामा मस्तिष्कमा कोर्टेक्सको आयतन बिस्तारै फुकेको छ ।

मदिरा सेवन घटाएर जोखिम कम हुने तहसम्म ल्याउनेहरूको मस्तिष्कको आयतन पनि लगभग नखानेकै स्तरमा फर्किएको पाइएको छ । पूरै छाड्न नसक्नेहरूले मदिरा सेवन घटाउँदा पनि फलदायी भएको अध्ययनमा पाइएको छ । यो अध्ययनमा २० देखि ७० बर्सबिचका एयूडीग्रस्त ६८ जनालाई समावेश गरिएको थियो । यिनीहरुलाई सोही उमेर समूहका मदिरा खाँदै नखाने वा थोरै मात्रै खाने ३४ जनाको कन्ट्रोल ग्रुपसँग दाँजिएको थियो । मस्तिष्कको विभिन्न हिस्सामा कोर्टेक्सको आयतन हेर्न एमआरआइएको प्रयोग गरिएको थियो ।

मदिरा सेवन गर्दा मस्तिष्कका कोषहरु नष्ट हुन्छन् । अलिअलि मदिरा खाँदा पनि हिप्पोक्याम्पस खुम्चिन्छ । हिप्पोक्याम्पस न्यूरोजेनेसिसमाफर्त निरन्तर नयाँ न्यूरोन्स बन्ने मस्तिष्कको युनिक हिस्सा हो । उच्च मात्रामा रक्सी सेवन गर्दा यो प्रक्रिया बिथोलिन्छ ।

यो पढ्नु भयो ?