राष्ट्रसंघका महासचिवको नेपाल भ्रमण किन महत्वपूर्ण ? (भिडियो)

२०८० कार्तिक १३, सोमबार
Featured Video Play Icon

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड गत महिना संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिन अमेरिका पुगेका बेला राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसलाई नेपाल भ्रमणको निम्तो दिएका थिए ।

प्रचण्डले गुटेरेस मात्रै होइन महासभामा सहभागी अन्य देशका कार्यकारी प्रमुखहरुलाई समेत नेपपाल भ्रमणको निम्तो दिएका थिए । प्रचण्डकै भनाई पत्याउने हो भने केहि दिनपछि अरबका राजा समेत नेपाल भ्रमणमा आउनेवाला छन् ।

मित्र राष्ट्रहरुका राष्ट्राध्यक्ष वा कार्यकारी प्रमुखहरुको नेपाल भ्रमण हुनु नेपालको लागि सुखद पक्ष हो । नेपालजस्तो सानो मुलुकलाई अन्य देशले महत्व दिँदा र राष्ट्रप्रमुख वा सरकारप्रमुखहरुले भ्रमण गर्दा यसले राजनैतिक रुपमा नेपालको स्वीकार्यता बढाउँछ भने पर्यटक आगमनमा पनि ह्वात्तै वृद्धि हुने हुन्छ ।

थप कथा भिडियो मार्फतः

तपाईको प्रतिक्रिया

तपाईको विचार

0 प्रतिक्रिया

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

यो पढ्नु भयो ?