साझा कथा । मिलेका दन्तलहर, आकर्षक र जिज्ञासु आँँखा, वान्की परेको जिउडाल, सुन्दर अनुहार, आकर्षक बदन अनि चञ्चले भावभंगी । यस्तो विशेषता बोकेकी युवतिसँग जो कोहि नजिक हुन चाहन्छ, डेट गर्न चाहन्छ । तर यौन प्रस्ताव राखिहाल्न त मिल्दैन नी । यस्तै विशेषता बोकेकी एउटी सुन्दरी हुन् मिस पवी अर्थात पवित्रा साकी । उनीसँग एक जना निर्देशकले यौन प्रस्ताव राखेका छन् । हुन त अरुले पनि राखे होलान् तर मिस पवीले एउटा मात्रै कथा सुनाएकी छन् । कोरोनाकालको लकडाउनपछि नेपाली समाजमा परिचित नाम बनेको हो मिस पवी । सामाजिक सञ्जाल टिकटकबाट एकाएक चम्किएकी मिस पवीको संघर्षको यात्रा लामो छैन । आफ्नै गाउँघरमा डोटेली भाषामा बनाएको टिकटकले सञ्जालको दुनियाँमा छाउन थालेकी उनी त्यसयता चर्चामा रहिन् । अहिले यौन प्रस्तावको कुराले उनी फेरि चर्चाको शिखरमा छिन् ।
१ बर्षको अवधिमा ३ दर्जनजति म्युजिक भिडियोमा आइसकेकी मिस पवीलाई यौन प्रस्ताव राख्ने निर्देशक को होला रु राधिकासँग पोडकाष्ट नामको युट्युव कार्यक्रममा अन्तर्वार्ता दिदै पवीले यो कुराको खुलासा गरेकी हुन् तर निर्देशकको नाम भने लुकाइन् । उनकै भनाई पत्याउने हो भने यस्तो प्रस्ताव उनलाई धेरैले गरेका छन् ।
मिस पविले सानै छँदा पनि आफूमाथि यौन शोषण भएको खुलासा गरेकी छन् । आफ्नै गाउँँको नाता पर्ने एक व्यक्तिले काठमाण्डौमा काम दिलाइदिने आश्वासन दिएर पहिलो पटक अन्जान सहरमा ल्याएको थियो । पछि उक्त व्यक्तिले साथिहरु मार्फत यौनका लागि प्रस्ताव राखेको र ३ दिन सम्म होटलमै राखेको उनले खुलासा गरेकी छन् । फेसन डिजाइनरको कोर्स सिकेकी मिस पविले सानोमा मात्रै होइन, ठूलो भएपछि पनि यौन दुव्र्यवहार भोग्नुपरेको छ, जुन हृदयविदारक छ । टिकटकले उचाई बढाएपछि पनि उनीमाथि कुदृष्टि राख्ने र सिधासिधा यौन प्रस्ताव राख्नेहरुको नाम उनले सार्वजनिक गर्न सक्नुपर्छ । अनि मात्रै उक्त व्यक्तिमाथि कारबाहि भएर भविष्यमा यस्तै प्रकृतिका घटना दोहोरिने छैनन् ।
सदुरपश्चिमको डडेल्धुरास्थित अमरगढी नगरपालिका वडा नं ८ लटौलीमा जन्मेकी पवित्रा साकीले लकडाउनताका डडेल्धुराकै घटालथान मन्दिरमा लागेको मेला हेर्न जाँदा मेलाको अनुभव स्थानीय भाषामा २० सेकेन्डको भिडियो बनाएर टिकटकमार्फत् सेअर गरेकी थिइन् । उक्त भिडियोलाई दुई दिनमै झन्डै तीन लाख मानिसले हेरे । त्यहि भिडियो उनको जीवनको माइलस्टोन बनिदियो । त्यस पछि उनले दैनिक सुदूरपश्चिममा प्रयोग हुने डोटेली भाषाको प्रयोग गर्दै हजारौँ भिडियो बनाइन्, जुन सर्वाधिक रुचाइए पनि । चर्चा यतिसम्म चुलियो कि उनलाई काठमाडौं आएर म्युजिक भिडियो खेल्न प्रस्ताव आउन थाल्यो । अहिलेसम्म उनले दर्जनौँ म्युजिक भिडिओ, मेरी बास्सै लगाएतका टेलिशृङ्खलादेखि विज्ञापन सम्ममा अभिनय गर्न थालेकी छन् ।
घरको जेठी छोरीको रुपमा जन्मेकी उनको बाल्यकाल मामा घर र आफ्नो घरमा घास दाउरा गर्दै र पढ्दै बितेको थियो । आमा, बुवा र एक भाई तथा एक बहिनीकी दिदि मिस पवीले ठूलो आँट बोकेर आफूमाथि भएको यौन दुव्र्यवहारबारे बोल्न सकेकी छन् । उनलाई नगरकोट लैजाने भन्दै यौन प्रस्ताव राख्ने निर्देशकको अहिले खोजी भइरहेको छ ।