Ad Banner

दोहोरो अंकले घट्यो नेप्से, कारोबार रकममा पनि गिरावट

साझा कथा । साताको तेस्रो दिन आज मंगलबार नेप्सेमा भारी गिरावट आएको छ । कारोबारको अघिल्लो दिन झिनो अंकले बढेको शेयर बजार दोहोरो अंकले घटेको छ ।

आज नेप्से १ दशमलव २८ प्रतिशतले घटेर १ हजार ८२९ दशमलव ६५ को बिन्दुमा कायम भएको हो । आज विभिन्न कम्पनीका २८५ वटा कम्पनीका ३६ लाख ७५ हजार १०१ कित्ता शेयर ३७ हजार ६०७ पटक खरिदबिक्री हुँदा ९५ करोड ४ लाख ७९ हजार ५८३ बराबरको कारोबार भएको छ ।

आजको कारोबारपछि बजार पुँजीकरण २८ खर्ब २१ अर्ब १ करोड ८१ लाख ८७ हजार ८८० रुपैयाँ बराबर पुगेको छ । आज म्युचुअल फन्ड समूहको उपसूचक शून्य दशमलव ४२ प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेका छन् ।

सबैभन्दा धेरै उत्पादन समूहको उपसूचक ३ दशमलव १२ र लघुवित्त समूहको २ दशमलव ८९ प्रतिशतले बढेको छ।

 

यो पढ्नु भयो ?