साझा कथा । काठमाडौँ उपत्यका लगाएत देशका बिभिन्न ठाउँमा आज (बिहीबार) बिहानैदेखि मौसम धुम्म र आकास खुलेको छैन् । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भुभागमा आंशिक देखि सामान्य बदली रहेको छ भने देशको तराईका थोरै स्थानमा हुस्सु पनि लागेको छ ।
हाल नेपालमा पश्चिमी वायुको साथै आन्द्र प्रदेश आसपास रहेको ‘मिचाउङ’ नामक सामुद्रिक आँधी को समेत आंशिक प्रभाव रहेको छ । जसकारण नेपालको केहि ठाउँहरुमा मौसम धुम्म देखिएको मौसमविद्हरुले जानकारी दिएका छन् ।
काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ९.७ डिग्री सेल्सियस छ भने भिजिबिलिटी (पारदर्शीता) ३५ सय मिटर रहेको मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् गंगा नगरकोटी जानकारी दिइन्। यो भनेको यतिबेला काठमाडौँ उपत्यकामा पातलो तुवाँलो लागिरहेको छ, उनले भनिन् । मौसमविद्का अनुसार काठमाडौँ उपत्यकामा यत्तिको भिजिबिलिटी हुनु सामान्य हो। यसले कुनै पनि किसिमका यात्रामा असर पार्दैन ।
उता कोशी प्रदेशका एक,दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक(दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । राति भने कोशी, मधेस ,बागमती र गण्डकी प्रदेशमा आंशिक देखी सामान्य बदली रही देशका बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ ।