साझा कथा । काठमाडौं विश्वविद्यालयको २९ औं दीक्षान्त समारोहमा एक हजार ८ सय ३८ विद्यार्थी दीक्षित भएका छन् । आज दीक्षित हुनेमा विदेशी मुलुकका एक सय १३ विद्यार्थी रहेका छन् ।
प्रधानमन्त्री तथा उक्त विश्वविद्यालयका कुलपति पुष्प कमल दाहाल ‘प्रचण्ड’ले २९औँ दीक्षान्त समारोहमा ती विद्यार्थीलाई दीक्षित भएको प्रमाणपत्र प्रदान गरे ।
दीक्षित हुनेमा पीएचडी, डिएम र एमसिएचमा स्कुल अफ आर्ट्सका एक, शिक्षाका तीन, मेडिकल साइन्सेजका १२ र विज्ञान विषयका दुई जना गरी १८ जना रहेका छन् । त्यस्तै एमफिल तहका ३८, स्नातकोत्तर तहका तीन सय १४, पिजिडी तहका ५२ र स्नातक तहका एक हजार चार सय १६ जनासहित एक हजार आठ सय ३८ विद्यार्थी २९औँ दीक्षान्तको पहिलो चरणमा दीक्षित भएको काठमाडौँ विश्वविद्यालय स्कुल अफ आर्टसका सहप्राध्यापक एवं विश्वविद्यालयका प्रवक्ता एक्कुमाया पुनले बताए ।
दीक्षित हुने विद्यार्थीहरूमध्ये पुरुषको प्रतिशत ४६.०३ ९६ सय ४६ जना तथा महिलाको प्रतिशत ५३.९७ ९९ सय ९२ जना रहको विश्वविद्यालयले जनाएको छ । दीक्षित हुनेमध्ये विदेशी विद्यार्थीहरू ६.१५ प्रतिशत रहेका र तीमध्ये भारत, श्रीलङ्का र मालदिभ्सको गरी ३ देशका १ सय १३ जना विदेशी विद्यार्थी रहेका छन् । उनन्तीसौं दीक्षान्त समारोहको पहिलो चरणको कार्यक्रमसम्ममा गरी काठमाडौं विश्वविद्यालयबाट ४३ हजार १ सय २३ जना उत्तीर्ण भई सकेको विश्वविद्यालयका प्रवक्ता तथा स्कुल अफ आर्टसकी सह प्राध्यापक, एक्कुमाया पुनले बताइन् । २९ औं दीक्षान्तमा यो वर्ष भाइस चान्सलर स्वर्ण पदक विराट मेडिकल कलेज,विराटनगरका सनम ढकालले प्राप्त गरेका छन् भने जुद्धबहादुर श्रेष्ठ स्वर्ण पदक स्कुल अफ मेनेजमेन्टका विनायक घिमिरेले प्राप्त गरेका छन् ।
रणबहादुर स्वर्ण पदक अंकित सुवेदी र न्हुछेरत्न तुलाधार स्वर्ण पदक संस्कृति ढकालले प्राप्त गरिन् ।