Ad Banner

यस्तो बन्यो मेनुकाले गाएको हिन्दी फिल्म ‘सलार’को गीत

साझा कथा । भारतीय गायन रियालिटी शो ‘इण्डियन आइडल’मा प्रतिस्पर्धा गरिरहेकी नेपालकी छोरी मेनुका पौडेलले हिन्दी फिल्म ‘सलार’ मा गाएको गीत सार्बजनिक भएको छ ।

हम्बेल पिक्चर्स युट्युव च्यानलमार्फत ‘सलार’ मा समावेश ‘ सुरज ही छावं बनके’ बोलको हिन्दी गीत सार्वजनिक गरिएको हो । यो गीत गाएसँगै मेनुकाले भारतको पार्श्वगायनमा डेब्यू गरेकी छिन्।

रिया मुखर्जीको शब्द रहेको गीतमा रवि बसरुरले संगीत भरेका छन् । लिरिकल शैलीमा तयार पारिएको गीतको भिडियोमा प्रभाससहित पृथ्वीराज सुकुमारणलाई देखाइएको छ ।

गीतसँगै फिल्मको कथावाचन समेत गरिएको छ। साथीबीचको मायाप्रेममा बुनिएका गीतका शब्दहरु निकै मनछुने छन् ।

दक्षिण भारतीय फिल्मका चर्चित अभिनेता प्रभाषको अभिनय रहेको फिल्म सलारका निर्माता प्रशान्त निलले मेनुकालाई गीत गाउने अवसर प्रदान गरेका थिए ।

‘सलार पार्ट वन सिसफायर’ नाम दिइएको यो फिल्म डिसेम्बर २२ बाट प्रदर्शनमा आउने तयारीमा छ ।

video Link:https://youtu.be/BiVhDSVq43g?si=m5TdR4rTsrJk6Wzj

 

यो पढ्नु भयो ?