साझा कथा । बाहुबली र बाहुबली २ जस्ता धमाकेदार फिल्म दिएपछि दक्षिण भारतीय अभिनेता प्रभासको एकाएक चर्चा चल्यो । यो चर्चापछि दर्शकमा एक खालको चासो पनि बढेको थियो । त्यसपछि उनका प्रतिक्षित फिल्म साहो, राधेश्याम, आदिपषुरु जस्ता ठुला लगानीका बनेका फिल्महरु प्रदर्शनमा आए जुन फिल्महरुले लागेको लगानी समेत उठाउँन सकेनन् । त्यस यता अभिनेता प्रभासको फिल्म करियर नै संकटमा पर्न थालीसकेको थियो । यसैबिच यतिबेला प्रभास स्टारर भारतीय फिल्म ‘सलार’ विश्वभर हलहरुमा चलिरहेको छ ।
उक्त फिल्मले बक्स अफिसमा धमाका मच्चाइरहेको छ । ‘सलार’ले पहिलो दिन विश्वभरबाट १७८ करोड भारुको व्यापार गरेको थियो भन दोस्रो दिन पनि बक्स अफिसमा हलचल मच्चाउदै फिल्मले विश्वभरबाट १४५ करोड ७० लाख भारु कमाइ गरेको थियो । पुष ६ गते शुक्रबारबाट हलहरुमा प्रदर्शनमा आएको फिल्मले हाल सम्ममा भारतीय बक्स अफिसमा ४५० करोड भारु कमाइ गरिसकेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
यद्यपि फिल्मले प्रदर्शनको पहिलो दिनदेखि आज चौथौ दिन सम्ममा आइपुग्दा कमाइ राम्रो गरिरहेको भारतीय मिडियाले लेखेका छन् । यो फिल्मले नेपालमा पनि चर्चा सँगै कमाइ पनि राम्रो गरिरहेको छ । अभिनेता प्रभास अभिनीत फिल्म ‘सलार’ हेर्नका लागि उनका फ्यानहरु पागल भइरहेका छन् सँगै फिल्ममा स्टार कास्टको शानदार एक्सन दृश्य र अभिनयको निकै तारिफ भइरहेको छ ।
प्रशान्त नीलले निर्देशन गरेको फिल्ममा प्रभाससँगै श्रुति हासन, जगपति बाबु, टीनू आन्नद, पृथ्वीराज सुकुमारनलगायत कलाकारको अभिनय छ । प्रभास र प्रशान्तले यो फिल्ममार्फत पहिलो पटक सहकार्य गरेका हुन्।