Ad Banner

नेपाल सुपर लिगः फाइनल प्रवेशका लागि ललितपुर र पोखरा भीड्दै

साझा कथा । काठमाडौंमा जारी रहेको नेपाल सुपर लिगको दोस्रो संकरणको दोस्रो क्वालिफायर खेल आज हुँदैछ । आजको खेलमा लिगको शीर्ष स्थानमा रहेको पोखरा थन्डर्स र तेस्रो स्थान रहेको ललितपुर सिटी एफसी भीड्दैछ । खेल साँझ साढे ५ बजे दशरथ रंगशालामा हुनेछ ।

लतिलपुर पहिलो क्वालिफायरमा धनगढी एफसीसँग पेनाल्टी सुटआउटमा पराजित भएपछि दोस्रो क्वालिफायरमा आइपुगेको हो । यता, ललितपुर भने एलिमिनेटरमा डिफेन्डिङ च्याम्पियन काठमाडौं रेजर्सलाई हराउँदै क्वालिफायरमा पुगेको हो । पोखरा र ललितपुरबीचको खेलको विजेताले शनिवार हुने फाइनलमा धनगढी एफसीसँग खेल्नेछ ।

लिग चरणमा पोखरा र ललितपुरले गोलरहित बराबरी खेलेका थिए । अब नकआउट खेल भएकोले दुवै टोलीका लागि आजको खेल जित्नैपर्ने दबाबमा छ ।

यो पढ्नु भयो ?