Ad Banner

‘राष्ट्रिय युवा उद्यमी २०८०’ बाट युवा उद्यमी कार्की सम्मानित

साझा कथा । नेपाल कपडा तथा सिलाइ व्यवसायी संघ काठमाडौंका जिल्ला अध्यक्ष तथा युवा उद्यमी राज कार्की ‘राष्ट्रिय युवा उद्यमी २०८०’ बाट सम्मानित भएका छन् । अग्लेश्वरी हिल्स विकास कोषले आयोजना गरेको दोश्रो जीवन्त नेपाल म्युजिक अवार्ड–२०८० मार्फत् कार्की सम्मानित भएका हुन् ।

नेपाल सरकारका सास्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री माननीय शुशिला श्रीपाली ठकुरीको प्रमुख आतिथ्यतामा सम्पन्नकार्यक्रममा बिभिन्न क्षेत्र, पेशा, व्यवसायमा संलग्न व्यक्तिहरु सम्मानित भएका छन् । रामेछापको सुनापति दोरम्बा सैलुङ र खाडादेवीको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले स्थापना भएको अग्लेश्वरी हिल्स विकास कोषले मुलुकलाई आआफ्नो क्षेत्रबाट सेवा र योगदान पुर्‍याउनु भएका व्यक्तिहरुलाई सम्मानित गरेको हो ।

‘राष्ट्रिय युवा उद्यमी २०८०’ बाट सम्मानित कार्की बिगत एक दशकदेखी सर्टिङ सुटिङ व्यवसायमा सक्रिय छन् भने उनि बागबजारस्थित सुट्मालाका प्रमुख कार्यकारी अधिकृत समेत हुन् ।  बिभिन्न सामाजिक सेवाका काममा योगदान दिदै आएका कार्कीले यसअघि बिभिन्न अवार्ड तथा सम्मान प्राप्त गरेका छन् ।

यो पढ्नु भयो ?