साझा कथा । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) चैत १५ गतेबाट सुरु हुने भएको छ । बोर्डको आइतबारको निर्णयअनुसार चैत १५ देखि २७ गतेसम्म एसईई परीक्षा सञ्चालन गर्ने निर्णय भएको हो ।
चैतको पहिलो हप्ता एसइई परीक्षा सुरु गर्ने योजना रहे पनि होली पर्व परेका कारण चैत दोस्रो हप्ताबाट परीक्षा सुरु गर्ने निर्णय भएको बोर्डका अध्यक्ष महाश्रम शर्माले बताए । होली पर्व भन्दा अघि परीक्षा नसकिने भएकाले चैत १५ गतेबाट एसइई परीक्षा गर्ने निर्णय गरिएको उनको भनाइ छ । बोर्डले परीक्षा तालिकासमेत प्रकाशित गरिसकेको छ । परीक्षा समय बिहान ८ बजेदेखि ११ बजेसम्म तोकिएको छ ।
यो बर्ष एसईई परीक्षाका लागि चार लाख ८९ हजार विद्यार्थीले सहभागी हुन आवेदन दिएका छन्।
तालिका हेर्नुस्ः