साझा कथा । भारतको उत्तरप्रदेशमा अवस्थित अयोध्यामा नवनिर्मित भगवान राम मन्दिरको प्राण प्रतिष्ठाको सकिएको छ । आज (सोमबार) हिन्दूहरूका भगवान् रामको जन्मस्थल मानिने भारतको अयोध्यामा नवनिर्मित भगवान् राम मन्दिरको प्राण प्रतिष्ठा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको उपस्थितिमा गरिएको हो । यो कार्यक्रम आज (सोमबार) मध्याह्न १२ः०५ बाट सुरु भई १२ः५५ बजेसम्म चलेको थियो ।
स्थानीय समयअनुसार बिहान ५ बजेदेखि नै मन्दिरको ढोका खुलेको थियो ।बिहान १० बजेदेखि मंगल ध्वनि बज्न शुरु भएको थियो । आठ हजार भन्दा बढीलाई विशेष अतिथिका रुपमा निमन्त्रणा दिइएको थियो । करिब ५० देशका मानिसलाई विशेष अतिथिका रुपमा बोलाइएको थियो ।
पाँच सय वर्षको प्रतीक्षापछि आज भगवान् श्रीराम आफ्नो भव्य र दिव्य मन्दिरमा बास गरेका छन् । यसका लागि अयोध्या सहरलाई हजारौँ क्विन्टल फूलले दुलही झैँ सिँगारिएको छ ।
राम मन्दिरको गर्भगृहमा प्राण प्रतिष्ठा भएको रामललाको मूर्ति एक हजार वर्ष सम्ममा केहि नहुने बताइएको छ । यो ५१ इन्च अग्लो कालो रंगको मूर्ति रहेको छ ।
श्रीराम पाँच वर्षको बालकको रूपमा कमलमा विराजमान भएका छन् । कमल फूलसहितको मूर्तिको उचाइ ८ फिट रहेको छ । खासमा राम मन्दिरमा रामको बाल्यकालको मूर्ति स्थापना भइरहेको छ र यसको उमेर ५ वर्षको रामललाको हो । हिन्दू धर्ममा बाल्यकाललाई सामान्यतया ५ वर्षको उमेरसम्म मानिन्छ । यसपछि बच्चालाई समझदार मानिन्छ।
चाणक्य र अन्य विद्वानहरूले स्पष्ट रूपमा भनेका छन् कि पाँच वर्षको उमेरसम्म बच्चाको हरेक गल्ती माफ हुन्छ किनभने उनीहरू निर्दोष हुन्छन्। त्यो उमेरसम्म उसलाई पढाउने काम मात्रै गरिन्छ । चाणक्य नीतिमा यी बालबालिकाको निर्दोषता र बौद्धिकताको बारेमा यसरी चर्चा गरिएको छ।
‘पाँच वर्ष लौँ लालिये, दस सौँ ताड़न देइ। सुतहीं सोलह बरस में, मित्र सरसि गनि लेइ।।
महाकाल लोकका महन्त प्रणव पुरी भन्छन्, ‘हाम्रा शास्त्रहरूमा पनि पाँच वर्षको उमेरसम्म भगवान र परमात्माको बाल्यकालको मनोरञ्जन बढी भएको पाइन्छ । पाँच वर्षको उमेरमा रामको मूर्ति स्थापना गर्ने सम्बन्धमा काकभुशुण्डीका श्लोकहरू एकदमै समयसापेक्ष र सही देखिन्छन् ।