Ad Banner

कुण्डको यात्रा (फोटो कथा)

साझा कथा । रसुवा जिल्लामा अवस्थित गोसाइँकुण्ड धार्मिक तथा पर्यटकीय दृष्टिले लोकप्रिय गन्तव्य मानिन्छ । जहाँ १ सय ८ कुण्ड रहेका छन् । जसमध्ये मुख्य कुण्ड अर्थात गोसाइँकुण्डलाई शिवकुण्ड भनेर पनि चिनिन्छ । सँगै रहेको पार्वती कुण्ड पनि गोसाइँकुण्डको अर्को आकर्षण हो । ४ हजार ३ सय ८० मिटरको उचाईमा रहेको गोसाइँकुण्ड चौथाइ माइल फराकिलो नीलो पानीको सरोवर हो । यहाँको प्राकृतिक वनावट र कुण्डहरूले नै यसलाई आकर्षक गन्तव्यस्थलको रुपमा प्रख्यात बनाइदिएको छ । लाङटाङ राष्ट्रिय निकुञ्ज भित्र रहेको यसै कुण्डको यात्राका क्रममा साझा कथाका फोटो पत्रकार प्रकाश गोपालीले कैद गरेका आकर्षक फोटोहरुलाई ‘फोटो कथा’को रुपमा पस्केका छौं ।

यो पढ्नु भयो ?