साझा कथा । कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको नेपाल र नामिबियाबीचको त्रिकोणात्मक टि–२० सिरिजअन्तर्गत क्रिकेटमा नेपाल हारको संघारमा पुगिसकेको थियो । तर, अन्तिम क्षणमा करण केसीको उत्कृष्ट बलिङका कारण नेपालले नामिबियामाथि ३ रनको विजयी हाँसिल गर्यो । जितसँगै नेपालले फाइनल प्रवेशको सम्भावना पनि जिवितै राखेको छ, नेपालले दिएको १८१ रनको लक्ष्य पछ्याएको नामिबियाले २० ओभरमा ७ विकेट गुमाएर १७७ रन जोड्यो ।
यसअघिको खेलमा पहिलो खेलमा नेपालले नामिबिया र दोस्रो खेलमा नेदरल्यान्ड्ससँग पराजय भोगेको थियो । अब भोली (शनिबार) नेपालले नेदरल्यान्ड्ससँग खेल्नेछ ।
फोटो सौजन्यः क्यान