बालुवाटारमा प्रचण्डको ओली र देउवासँग छुट्टाछुट्टै भेटवार्ता

साझा कथा । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच आज बिहान सत्य निरूपण तथा मेलमिलाप र बेपत्ता व्यक्तिहरूको छानबिन आयोगसम्बन्धी विधेयक (टीआरसी) छलफलका लागि बालुवाटारमा भेटवार्ता भएको छ । उनीहरूबीच प्रधानमन्त्री प्रचण्डले छुट्टाछुट्टै भेटवार्ता गरेका हुन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोगसम्बन्धी विधेयकका सन्दर्भमा प्रधानमन्त्रीले प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष ओली र सभापति देउवासँग छलफल गरेको प्रधानमन्त्रीका प्रेस विज्ञ मनोहरि तिमिल्सिनाले जानकारी दिए । संक्रमणकालीन न्याय सम्वन्धि विधेयक संसद्‌बाट पारित गर्ने तयारी भइरहेका बेला सत्ता नेतृत्वकर्ता र प्रमुख प्रतिपक्ष दलका दुई शीर्ष नेताबीच भेटवार्ता भएको हो ।

साथै प्रधानमन्त्री प्रचण्डले एमालेसँग नयाँ गठबन्धन बनाउन लागेको भन्ने चर्चा चलीरहेको अवस्थामा भेटमा दुइ नेताबीच के कुरा भए भन्ने विषय सार्वजानीक नहुनु र सत्ता गठबन्धनभित्रको बाँडफाँटमा राष्ट्रिय सभाको अध्यक्ष पद आफूले पाउनेमा ढुक्क रहेको नेपाली कांग्रेस नेकपा माओवादी केन्द्रले आफैँ राख्ने निर्णय गरेपछि झस्किएको अवस्थामा यो भेट अर्थपुर्ण रहेको छ ।

यो पढ्नु भयो ?