साझा कथा । नेपाल टेलिकमले ५० एमबीपीएस गतिको इन्टरनेट नयाँ मूल्यमा दिने भएको छ । नेपाल टेलिकमले ल्याएको अफर अन्तर्गत अब वार्षिक ग्राहकले ८,४९९ रुपैयाँ (कर सहित) मै उक्त गतिको इन्टरनेट प्राप्त गर्नेछन् ।
साथै ग्राहकले अब एक वर्षका लागि दैनिक ६०० एमबी मोबाइल डेटा तथा ३,००० मिनेट भ्वाइस कल (ल्यान्डलाइन) समेत निःशुल्क प्राप्त गर्नेछन् ।
यो प्याकेजमा सामेल हुने ग्राहकलाई मासिक ७०८ रुपैयाँमै ५० एमबीपीएस स्पिड को इन्टरनेट, १८ जीबी मोबाइल डेटा तथा २०५ मिनेट कल सुबिधा दिइने टेलिकमले जनाएको छ ।