Ad Banner

कांग्रेसका मन्त्रीहरूले दिए राजीनामा, सरकारलाई दिएको समर्थन पनि फिर्ता

साझा कथा । नेपाली कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ ।

आज (मंगलबार) बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले जानकारी दिएका हुन् ।

बैठकपछि पत्रकारसँगको कुराकानीमा उपसभापति गुरूङले भने ‘पुष्पकमल दाहाल प्रचण्डलाई गरेको समर्थन र दिएको विश्वासको मत थियो त्यो आजबाट फिर्ता लिने निर्णय गरेका छौं, ।

प्रधानमन्त्री प्रचण्डले सोमबार नेकपा एमालेसँग सत्ता सहकार्यको सहमति गर्दै कांग्रेसका सहित सबै दलबाट बनेका मन्त्रीहरुलाई बर्खास्त गरेर नयाँ मन्त्रिपरिषद बनाएका छन् ।

उक्त समीकरणबाट तीन जना मन्त्रीले सोमबार अपराह्न शपथ लिइसकेका छन् । यससँगै पुरानो गठबन्धनका मन्त्री स्वत हटेका थिए भने सबै मन्त्रालय प्रधानमन्त्री दाहालको जिम्मेवारीमा छ ।

यो पढ्नु भयो ?