Ad Banner

गृहमन्त्री लामिछानेको राजीनामा माग्दै कांग्रेसले नाराबाजी गरेपछि संसद् बैठक स्थगित

साझा कथा । प्रतिनिधिसभा बैठक स्थगित भएको छ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गर्दै संसदमा नाराबाजी गरेका थिए जसकारण बैठक स्थगित भएको हो ।

शुक्रबार बसेको प्रतिनिधि सभाको बैठकमा कांग्रेस सांसदहरुले गृहमन्त्री लामिछाने सहकारी ठगी प्रकरणमा अनुसन्धानको घेरामा रहेको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको जवाफ मागेका थिए । प्रधानमन्त्रीको जवाफ नआएसम्म सदन चल्न नदिने कांग्रेसको अडान छ ।

तर, सभामुख देवराज घिमिरेले राजनीतिक दल सम्बन्धी ऐन संशोधन विधेयक माथि बिचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्न गृहमन्त्री लामिछानेलाई समय दिएपछि कांग्रेसले अवरोध गरेको थियो ।

 

यो पढ्नु भयो ?