Ad Banner

समुदायलाई जोडेको सीएचसी (फोटो कथा)

साझा कथा । काठमाडौं उपत्यका भित्र गुम्सिएर बसेकाहरुलाई आसपासको स्वच्छ/सितल डाँडा घुमाउने चलन चलेको त्यत्ति लामो समय भएको छैन । शिवपुरी, फूलचोकी, लाकुरी भञ्ज्याङ, नागार्जुन आदिहुँदै पछिल्लो भाइ कार्यक्रम बनेको चन्द्रागिरी हाइकिङ हिजोआज अलि बढी चर्चामा छ ।

स्थानीय सरकारकै सकृयता र समुदायका युवाहरुको एकता (चन्द्रागिरी हाइकर्स कम्यूनिटी अर्थात सीएचसी)ले हरेक साता जसो चन्द्रागिरी आसपास शनिवार वा सार्वजनिक विदाको दिन पारेर हाइकिङ कार्यक्रम गर्ने गरेको छ । यसपटक गत चैत्र ३ गते शनिवार चन्द्रागिरी नगरपालिका वडा नं. ६ को आयोजनामा चन्द्रागिरी हाइकर्स कम्यूनिटी (सीएचसी)को सहकार्यमा समुदायसँग पैदलयात्रा कार्यक्रम सम्पन्न गरियो ।

जहाँ सांसद, उपमेयर, नगर प्रवक्ता, वडा अध्यक्षदेखि गृहेणीसम्मको सहभागिता रह्यो । ६ किलोमिटरको दूरी पार गरेको पदयात्रा चन्दन भरातेश्वर महादेव मन्दिरदेखि मातातीर्थ कुण्ड, बतासे डाडाँहुँदै बन महाँलक्ष्मी जेष्ठ नागरिक पार्कसम्म पुगेर समापन भयो । १ सय ५० भन्दा बढी पदैलयात्रीहरु सहभागी भएको सामुदायिक पदयात्रालाई साझा कथाले ‘फोटो कथा’को रुपमा प्रस्तुत गरेको छ ।

 

 

यो पढ्नु भयो ?