साझा कथा । गण्डकीमा प्रदेशसभासदस्य दीपक मनाङेले भौतिक पूर्वाधारमन्त्रीको पद तथा गोपनीयताको शपथ लिएका छन् । सोमबार मनाङेलाई प्रदेश प्रमुख डिल्लीराज भट्टले पद तथा गोपनीयताको शपथ गराएका हुन् ।
मनाङबाट स्वतन्त्र रुपमा चुनाव जितेपछि नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका मनाङेले सोमबार मात्र पार्टी छाडेको घोषणा गरेका थिए । उनको शपथ ग्रहण कार्यक्रममा विपक्षी दलहरू नेकपा एमाले र नेकपा माओवादी केन्द्रका सांसदहरू सहभागी भएनन् ।