Ad Banner

नेपालले आज आयरल्याण्ड ‘ए’ सँग अभ्यास खेल खेल्दै

साझा कथा । नेपालले आज आयरल्याण्ड ‘ए’सँग अभ्यास खेल खेल्दै छ । आइसिसी टी–२० विश्वकपको तयारीस्वरुप नेपालले आयरल्याण्ड ‘ए’सँग उक्त अभ्यास खेल खेल्न लागेको हो ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा दिउँसो १ बजे नेपालको सिनियर टिमले आयरल्याण्ड ‘ए’(आयरल्याण्ड वुल्भ्स) सँग खेल्दैछ । नेपालको सिनियर टोलीले यही टिमसँग भोलि पनि त्रिवि मैदानमा टी–२० खेल खेल्नेछ ।

त्यसपछि यही टिमसँग नेपालको ‘ए’ टिमले चैत १५, १६ र १८ चैतमा टी–२० खेल तथा २१, २३ र २५ चैतमा एकदिवसीय खेल खेल्नेछ ।

सिनियर टिम भने मंगलबारको खेलपछि भारत भ्रमणमा जानेछ । गुजरातमा नेपालले बरोडा र गुजरातसँग २–२ वटा टी–२० खेल खेल्ने तालिका छ । सिनियर टिमले भारतमा खेल्दा नेपालको ‘ए’ टिमले नेपालमै आयरल्यान्ड्स ‘ए’ सँग तीन टी–२० र तीन एकदिवसीय खेल्ने तालिका छ ।

 

यो पढ्नु भयो ?