साझा कथा । गैरआवासीय नेपाली संघका अध्यक्ष बद्री केसीले शेष घले नेतृत्वको उच्चस्तरीय समितिले गर्न लागेको माहाधिवेशन रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका छन्। घले नेतृत्वको समितिले मे ३ देखि ५ सम्म गर्न लागेको महाधिवेशन विधान विपरीत रहेको भन्दै यसलाई रोक्न माग राख्दै केसीले मुद्धा दायर गरेका हुन्।
एनआरएनएको महाधिवेशनको लागि राष्ट्रिय समन्वय समितिको अधिवेशन गर्नुपर्ने भए पनि त्यसलाई बेवास्ता गरिएको भन्दै महाधिवेशन रोक्नका लागि अन्तरिम आदेश माग गरिएको छ।जुलाइमा एनसिसीको अधिवेशन हुने त्यसपछी मात्रै अन्तर्राष्ट्रिय समन्वय परिषद्को महाधिवेशन हुने प्रावधान छ । अहिलेकै अवस्थामा महाधिवेशन भएमा एनआरएनए विभाजन हुने भन्दै यसलाई रोक्न जरुरी रहेको रिटमा उल्लेख छ।
यो रिटमाथी आज सुनुवाइ हुँदैछ।

