काठमाडौं । यामाहा नेपालले ‘एक्स्चेन्ज अफर’ ल्याएको छ । यो अफर १४ देखि १९ वैशाखसम्म उपत्यकाभरिका सबै आधिकारिक शोरुममा लागु हुनेछ ।
जुनसुकै ब्रान्डका पुरानो सवारीसाधनमा न्यूनतम २५ हजार रुपैयाँको भ्यालुएसन , एक्स्चेन्ज भ्यालु अझ बढाउन थप १० हजार रुपैयाँको अतिरिक्त भ्यालुएसनको फाइदा ग्राहकले लिन सक्ने कम्पनीले जनाएको छ ।
धरौटीविना नै सजिलो फाइनान्सिङ सुविधा, यामाहा लिन अहिलेसम्मकै सहज बनाउन केवल ७.९९ प्रतिशत ब्याजदरमा सस्तो किस्ताबन्दी सुविधा, ‘थ्रिल अफ थ्री’ अफर अन्तर्गत १ लाखसम्मको स्योर सट छुट र उपहारमा हेल्मेट, लेग गार्ड, फुट म्याट, स्पोर्ट्स ब्याग र बाइक कभरजस्ता निःशुल्क एसेसरिजको सुविधा रहेको छ । आफ्नै नजिकको आधिकारिक यामाहा शोरूममा गएर यो भव्य एक्सचेन्ज अफरको फाइदा लिन सकिनेछ ।

