Ad Banner

मिश्र नेपाली काँग्रेस नर्वेको जनसम्पर्क समिति निर्वाचित

ओस्लो नर्वे । नेपाली कांग्रेस जनसम्पर्क समिति नर्वेको सभापतिमा पारसमणि मिश्र निर्वाचित भएका छन् । हालसालै सम्पन्न पाँचौ अधिवेशनमा मिश्रल निर्वाचित भएका हुन् । अधिवेशनमा निर्वाचित भएपछि मिश्रले सबै पक्षलाई समेटेर संगठन अघि बढाउने प्रतिबद्धता जनाएका छन् । उनले प्रतिक्रिया दिँदै भने, ‘निर्वाचनका क्रममा जे जस्तो भएपनि संगठनको काममा सबै साथीहरुलाई उत्तिकै भूमिका दिएर म अघि बढ्नेछु । आफ्नो कार्यकाल संगठन र नर्बेमा बसोबास गर्ने आम नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा समर्पित हुनेछु ।’

अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा पूर्ण शाही सर्वसम्मत चयन भएका छन् । अन्य उपाध्यक्षमा गणेश थापा, रमेश घिमिरे, गोविन्द अधिकारी र चक्रविक्रम शाही निर्पाचित भएका छन् । त्यसैगर महामन्त्रीमा सुरेश यादव र रमेश सुवेदी, कोषाध्यक्षमा निर्मला परियार निर्वाचित भएका छन् । सहमहामन्त्रीमा विनोद श्रेष्ठ, कृष्णबहादुर खत्री, नरेश बाँस्कोटा तथा प्रवक्तामा जगन्नाथ पाण्डेले विजयी भएका छन् ।

अधिवेशनले मिश्रको नेतृत्वमा २१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । कार्यसमितिका सदस्यहरुमा घनश्याम तिवारी, नविन सापकोटा, नवराज श्रेष्ठ, रमेश शर्मा, शुनिल बास्तोला लगायत छन् ।

यो पढ्नु भयो ?