काठमाडौं । पोर्चुगलले अनुमति बिना देशमा बसिरहेका १८ हजार विदेशी नागरिकहरुलाई देश निकाला गर्ने भएको छ ।
पोर्चुगलको काम चलाउ सरकारले आम चुनावको अभियान चलिरहेको बेला यस्तो निर्णय गरेको समाचार संस्था एपीले जनाएको छ । आउँदो हप्ताबाट यो प्रक्रिया सुरु गरिने र पहिलो चरणमा करिब ४ हजार ५ सय जनालाई २० दिन भित्र देश छोड्न भनिने बताइएको छ । पछिल्ला दिनमा युरोपमा झँङ्गिदै गइरहेको लोकप्रियतावाद र राष्ट्रवादको आँधीले पोर्चुगलमा प्रभाव पार्न थालेको छ ।