बारपाक फोटो र कुण्डलिनी कला प्रदर्शन हुँदै

साझा कथा । नेपाल पर्यटन बोर्डले  #photoNepal अभियान अन्तर्गत, जेठ महिनामा नेपालको भावनात्मक गहिराइ, सृजनात्मकता, र साहसी आत्मालाई उजागर गर्ने दुई प्रेरणादायी प्रदर्शनीहरू गर्दै छ ।

२०८२ जेठ १ देखि ३ गते सम्म फोटो पत्रकार प्रकाश चन्द्र तिमल्सेना को बारपाक फोटो प्रदर्शनी नेपाल पर्यटन बोर्डमा आयोजना हुँदैछ। गोरखा भूकम्पको १० वर्षपछिको स्मृति दिवस को अवसरमा आयोजना गरिँदै गरेको यो प्रदर्शनीले बारपाकको पुनर्निर्माण र पुनर्जीवनको यात्रालाई प्रभावशाली फोटोहरूको माध्यमबाट चित्रण गर्दछ। यस  #photoNepal अभियानले विभिन्न ब्यक्ति र संस्थाहरूको सहकार्यमा नेपालका दृश्य सम्पदा र सामूहिक स्मृतिलाई दस्तावेज गर्ने कार्य गर्दै आएको छ।

यसैगरी २०८२ जेठ ४ देखि १० गते सम्म, सो स्थानमा कलाकार भीम प्रसाद शर्मा को १३औं एकल कला प्रदर्शनी कुण्डलिनी–२: दिव्य जागरणको ऊर्जा मार्ग प्रस्तुत गर्नेछ। ऊर्जा, चेतना र अध्यात्मिक रूपान्तरणको विषयवस्तुलाई आधार बनाउँदै, उक्त कला प्रदर्शनीले रंग, रूप र प्रतीकहरूको प्रयोगमार्फत दर्शकहरूलाई आन्तरिक यात्राको सन्देश दिनेछ।

यी प्रदर्शनीहरुले  #photoNepal  अभियान बाट विश्वसामु उजागर गर्दै छुट्टै आयाम थप्ने उद्देश्य राखेको छ ।

यो पढ्नु भयो ?