सावर्णीलाई उत्कृष्ट कृतिको अवार्ड

साझा कथा । डा. श्रीधर खनालद्वारा लेखिएको उपन्यास ‘सावर्णि’ले वर्ष २०८१ को उत्कृष्ट कृतिको रुपमा पुरस्कार प्राप्त गरेको छ ।

लुम्बिनी प्रदेशका लेखकद्वारा २०८१ वर्ष भित्र प्रकाशित भएका साहित्यका विविध कृति मध्य उत्कृष्ट एकलाई सम्मान गर्ने उद्देश्यले तानसेन प्रज्ञा प्रतिष्ठानले यसै वर्षदेखि प्रदेशस्तरीय उत्कृष्ट कृति पुरस्कार दिने घोषणा गरेको थियो ।

प्रज्ञा प्रतिष्ठानलाई प्राप्त भएका १७ वटा कीर्तिमध्ये निर्णायक समितिद्वारा डा. श्रीधर खनालको उपन्यास सावर्णिलाई सर्वोकृष्ट ठहर गरेको हो । सावर्णी उत्कृष्ट भएसँगै कृतिकार खनालले अक्षय रूपी ६८ हजार रुपैयाँ पुरस्कारसमेत पाएका छन् । सो पुरस्कार र सम्मान एक भव्य कार्यक्रमका बीच स्रष्टालाई सम्मान गरिएको तानसेन प्रज्ञा प्रतिष्ठानले जनाएको छ ।

बुक हिल पब्लिकेसनबाट प्रकाशित उक्त उपन्यास नौलो विषयवस्तु र शैलीका कारण गतवर्ष विशेष चर्चाको रुपमा रहेको थियो। एआई र मानव भविष्यको विषयलाई लिएर सिर्जना गरिएको यस आख्यान नेपालकै पहिलो रोबोटिक्स साइन्स फिक्सन भएको दाबी लेखकको छ ।

यो पढ्नु भयो ?