नेशनल लाइफ इन्स्योरेन्सको १५ प्रतिशत लाभांश पारित

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्सले प्रस्ताव गरेको लाभांश पारित भएको छ । कम्पनीको ३७औँ वार्षिक साधारणसभाबाट आर्थिक वर्ष २०८०र०८१ वितरणयोग्य नाफाबाट प्रस्ताव गरेको चुक्तापुँजीको १० प्रतिशत बोनस सेयर कर प्रयोजनसहित प्रस्तावित पाँच प्रतिशत नगद लाभांश पारित भएको हो ।

कम्पनीले दाबी भुक्तानीमा आठ अर्ब ३२ करोड रुपैयाँ भुक्तानी गरेको छ । कुल लगानी १७।३५ प्रतिशतले वृद्धि भई ७० अर्ब १५ करोड रुपैयाँ पुगेको कम्पनीले जनाएको छ । कम्पनीको लगानीमा वार्षिक औसत प्रतिफल दर सन्तोषजनक छ । आर्थिक वर्ष २०८०र०८१ मा सो दर ९.१७ प्रतिशत कायम रहेको छ ।

यो पढ्नु भयो ?