स्याङ्जा जिल्लाको आँधीखोला गाउँपालिका वडा नं ३ मा श्रवणकुमार समाधि क्षेत्र रहेको छ । पानी भर्दा वाण लागि श्रवण कुमारको मृत्युभएको यो ठाउँलाई श्रवण कुमार समाधी क्षेत्रको नामले चिनिन्छ । यहाँ श्रवण कुमारले पानी भर्दा घोप्टो परेको मूर्ति, पानीको रङ्ग रातो र दशरथले वाण हान्न लुकेर बसेको पहरा समेत छ । उक्त स्थानमा हाल बाला चतुर्दशीमा ठुलो मेला लाग्ने गरेको छ ।
तपाईं सँग कुनै रमाइलो, जानकारीमूलक वा प्रेरणादायी फोटो छ ?
हामीसँग साझेदारी गर्न चाहनुहुन्छ भने, कृपया तपाईंको फोटो र विवरण हामीलाई इमेल गर्नुहोस् :📧sajhakatha@gmail.com
चयन गरिएका फोटोहरू आजको तस्वीर मा प्रकाशित गरिनेछन्।
- फोटोः प्रकाश गोपाली