युवा विद्यार्थीहरूलाई करियर परामर्श

कीर्तिपुर स्वयंसेवक समाजले स्मार्ट इन्फोटेक र एनसिसिएस कलेजसँगको सहकार्यमा २०८२ असार २१ मा हालसालै एसईइ स्नातकहरूका लागि करियर परामर्श कार्यक्रम सफलतापूर्वक आयोजना गरेको छ।

यस वर्षको माध्यमिक शिक्षा परीक्षामा सहभागी भएका १४४ विद्यार्थीहरूले यस सत्रमा भाग लिएका थिए । युवा विद्यार्थीहरूलाई एसईइ पछिको निर्णय लिने महत्वपूर्ण चरणमा निर्णय गर्न मद्दत गर्ने उद्देश्य राखी समाजले परामर्श कार्यक्रम गरेको दोस्रो पटक हो। सत्रलाई प्रसिद्ध करियर परामर्शदाता रूपेन्द्र महर्जनले सहजीकरण गर्नुभएको थियो, जसले सही शैक्षिक स्ट्रिमहरू छनौट गर्ने, भविष्यको करियर विकल्पहरू बुझ्ने र व्यक्तिगत रुचि र क्षमताहरूमा आधारित रोडम्याप निर्माण गर्ने बारेमा मार्गदर्शन प्रदान गर्नुभयो ।

कीर्तिपुर स्वयंसेवक समाजका अध्यक्ष सुधन सुवेदीले  “समयमै मार्गदर्शन र सही जानकारीमा पहुँचले युवाहरूलाई सचेत, सक्षम र सामाजिक रूपमा जिम्मेवार पुस्ताको विकास गर्नको लागि यो परामर्श कार्यक्रम गरीएको बताउनुभयो ।
२०६१ सालमा स्थापित, कीर्तिपुर स्वयंसेवक समाज सामुदायिक विकास, सम्पदा संरक्षण, शिक्षा, वातावरण र विपद् प्रतिक्रियाका क्षेत्रमा काम गर्ने युवा नेतृत्वको नागरिक पहल हो। युवा नेतृत्वलाई प्रेरित गर्ने र सक्रिय नागरिकता प्रवद्र्धन गर्ने लक्ष्यका साथ, केभीएसले युवाहरूलाई अर्थपूर्ण स्वयंसेवक–संचालित कार्यक्रमहरूमा संलग्न गराउँदै आएको छ।

यो पढ्नु भयो ?