जेठमै भित्रियो पौने २ खर्ब

चालु आर्थिक वर्ष जेठ महिनामा पौने २ खर्बको रेमिट्यान्स स्वदेश भित्रिएको छ । यो रकम वैशाख महिनाको तुलनामा करिब १० अर्बले धेरै हो ।

२०८२ जेठको विप्रेषण आप्रवाह १ खर्ब ७६ अर्ब ३२ करोड रहेको छ । अघिल्लो वर्ष सोही महिना यस्तो आप्रवाह १ खर्ब २८ अर्ब ९१ करोड थियो । चालु आव जेठसम्म वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या ४ लाख ५२ हजार ३ सय २४ र पुनस् श्रम स्वीकृति लिनेको संख्या ३ लाख ८ हजार ६७ छ । गत आव सोही अवधिमा यस्तो संख्या क्रमशस् ४ लाख २१ हजार ३ सय ५६ र २ लाख ६१ हजार २ सय १० थियो ।

यो पढ्नु भयो ?