Ad Banner

बन्दीपुर

बन्दीपुर नेपालको गण्डकी प्रदेशको तनहुँ जिल्लामा अवस्थित पहाडी बस्ती र गाँउपालिका हो। बन्दीपुरले आफ्नो पुरानो सांस्कृतिक मन्दिरहरू, पवित्र गुफाहरू, चाडपर्वहरू र नेवारी वास्तुकला संरक्षण गरि राखेको छ। बन्दीपुरका लोकप्रिय आकर्षणहरूमा पहाडहरूमा आदिवासी गाउँहरू, हरिया जगलहरू, र पहाडी पदमार्गहरूमा पैदल यात्राको लागि उपयुक्त छन् ।

यो एशियाको दोस्रो ठूलो र नेपालको सबैभन्दा ठूलो गुफा सिद्ध गुफा, बन्दीपुर टुँडिखेल, पहाडको टुप्पोमा अवस्थित थानी माई मन्दिर जसले आगन्तुकहरूलाई बन्दीपुर शहर, अन्नपूर्ण श्रृंखला र यसको वरिपरिका पहाडहरूको आश्चर्यजनक ३६० डिग्री दृश्य प्रदान गर्दछ। सबैभन्दा नजिकको विमानस्थल पोखरा लगभग ७६.५ किलोमिटर टाढा छ, यात्रुहरू त्यहाँबाट बस चढेर लगभग दुई घण्टामा बन्दीपुर पुग्न सक्छन्। बन्दीपुरमा बस्नको लागि पर्यटकीय स्तरका होटलहरु र होमस्टेहरू उपलब्ध छन्

तपाईं सँग कुनै रमाइलो, जानकारीमूलक वा प्रेरणादायी फोटो छ ?
हामीसँग साझेदारी गर्न चाहनुहुन्छ भने, कृपया तपाईंको फोटो र विवरण हामीलाई इमेल गर्नुहोस् :📧sajhakatha@gmail.com

चयन गरिएका फोटोहरू आजको तस्वीर मा प्रकाशित गरिनेछन्।

  • फोटोः प्रकाश गोपाली

यो पढ्नु भयो ?