नेपालको डिजिटल अर्थतन्त्रलाई सुदृढ पार्ने र सूचना प्रविधि क्षेत्रको प्रवर्द्धन तथा विकास गर्नृका लागि कम्प्युटर एसोसिएसन नेपाल महासंघ र नेपाल चेम्बर अफ कमर्स को सूचना प्रविधि समितिबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ।
यो साझेदारीले वकालत, लगानी, नेटवर्किङ र संयुक्त पहलहरू मार्फत आईटी उद्योगको विकासलाई नयाँ उचाइमा पुर्याउने अपेक्षा गरिएको छ। यो सम्झौता तीन वर्षसम्म लागू रहनेछ र आपसी सहमतिमा यसलाई विस्तार गर्न सकिनेछ।